0
Shares
काठमाडौँ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा शनिबार एकै दिन झण्डै ६ हजार दर्शनार्थी पुगेका छन् । दशैंको टीकापछि चहलपहल बढेको पाथीभरामा शनिबार एकै दिन पाँच हजार नौ सय ८३ जना भक्तजन पुगेका हुन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सङ्ख्या गत असोज महिनाभरिको तुलनामा बढी हो । असोज महिनामा पाँच हजार नौ सय ४९ जना भक्तजन पाथीभरा आएका थिए ।
दशैंअघि बाढी र पहिरोले देशभर सडक अवरुद्ध हुँदा पाथीभरामा भक्तजनको आगमन न्यून थियो । पाथीभरामा विशेष गरी बडादशैं र चैतेदशैंको अवसरमा सबैभन्दा धेरै भक्तजनको भीडभाड हुने गरेको छ ।
पाथीभराको मुख्य ‘सिजन’ मानिने यो समयमा दर्शनार्थीको सहजताका लागि पाथीभरा क्षेत्र विकास समितिले आवश्यक तयारीसमेत गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।