0
Shares
काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चा भएसँगै उनले आफ्नो गाडी छाडेर हिँडेका थिए ।
शुक्रबार बिहान संसद भवनमा बसेको विपक्षी दलहरूको बैठकमा सहभागी भएका सभापति लामिछाने आफ्नो गाडी नचढी पार्टी उपसभापति डीपी अर्यालको गाडी चढेर बाहिरिएका थिए ।
संसद् भवनबाट बाहिरिएलगत्तै उनी पार्टी कार्यालय वनस्थली पुगेका थिए । पक्राउको चर्चा चलेपछि पार्टी कार्यालयमा नेता कार्यकर्ताको उपस्थिति बाक्लिएको छ ।