0
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत, कास्कीले पक्राउ पुर्जी जारी गरेको छ । पूर्वगृह मन्त्रीसमेत रहेका उनलाई पक्राउ गर्ने तयारी भएको हो ।
सूर्यदर्शन सहकारी ठगीसम्बन्धि मुद्दाको अनुसन्धान गर्न हिरासतमा राख्ने गरी उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
सहकारीबाट गैरकानूनी रुपमा गोर्खा मिडियामा रकम ल्याएको र गोर्खा मिडियाको सञ्चालक हुँदा लामिछानले रकम खर्च गरेको आधारमा उनीमाथि अनुसन्धान हुन लागेको हो ।
यसअघि संसदीय विशेष छानविन समितिले गोर्खा मिडियाबाट भएको रकम दुरुपयोगको विषयमा उनीमाथि छानविन गर्न सिफारिस गरेको थियो ।