सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा वर्षाको सम्भावना

0 Shares

काठमाडौं । आज पनि मौसममा सामान्य बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा आंशिक तथा सामान्य बदली भएको हो ।

आज सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।बुधबार  र बिहीबार पनि देशका पहाडी भू-भागमा आंशिक बदली हुने र एकर दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार