शीर्ष स्थानमा दूरी बढाउँदै रियल मड्रिड, सेल्टा भिगोलाई ४-० गोलले पराजित

0 Shares

काठमाडौँ । स्पानिस लालिगा फुटबलमा रियल मड्रिडले शीर्ष स्थान सुरक्षित गरेको छ।

गएराति सेल्टा भिगोलाई ४-० गोलले पराजित गर्दै रियलले अंक तालिकाको दोस्रो स्थानमा रहेको गिरोनासँग ७ अंकको दूरी बनाएको हो।

रियलको जितमा भिनिसियस जुनियर र आर्दा गुलरले एकरएक गोल गरे। सेल्टाभिगोबाट दुई वटा आत्मघाती गोल भएपछि रियल ४-० गोलले विजयी भएको हो। भिनिसियसले २१ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा रियलले १-० गोलले अग्रता लिएको थियो।

दोस्रो हाफको ७९ औं मिनेटमा सेल्टा भिगोका भिसेन्टे ग्वाइटा र ८८ औं मिनेटमा कार्लोस डोमिंगेजले आत्मघाती गोल गरेका थिए। अन्तिम समयमा गुलरले गोल गरेपछि रियलले सेल्टा भिगोविरूद्ध ४-० गोलको नतिजा निकालेको हो।

२८ मध्ये २१ खेल जितेको रियलको ६९ अंक छ। समान खेल खेलेको गिरोनाको ६२ र तेस्रो स्थानमा रहेको बार्सिलोनाको ६१ अंक छ।

सम्बन्धित समाचार