म्यानचेस्टर सिटी र लिभरपुल बराबरी, फाइदा आर्सनललाई

0 Shares

काठमाडौँ ।  इंग्लिस प्रिमियर लिगको बहुप्रतिक्षित खेलमा उपाधि होडमा रहेका म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन्।

लिभरपुलको मैदानमा भएको खेल एक एक गोलको बराबरीमा सकिएको हो। खेलमा सिटीले जोन स्टोन्सको गोलबाट २३ मिनेटमा अग्रता लिएको थियो। उनले डि ब्रुएनको पासमा गोल गरेका थिए।

तर लिभरपुलले खेलको ५० मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। उसका लगि म्याक अलिस्टरले पेनाल्टीमा गोल गरेका हुन्। लिभरपुलका नुनेजलाई सिटीका गोलकिपर एडरसनले फल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो।

सिटी र लिभरपुलले बराबरी खेलेपछि शीर्ष स्थानको आर्सनललाई फाइदा पुगेको छ। आर्नसल २८ खेलबाट ६४ अंक जोड्दै शीर्ष स्थानमा छ। गोलअन्तरमा पछि परेको लिभरपुलको पनि ६४ अंक छ। सिटी ६३ अंक जोड्दै तेस्रो स्थानमा छ। आजको खेलमा जितरहार भएको भए आर्सनल दोस्रो स्थानमा झर्थ्यो।

सम्बन्धित समाचार