आज दशैंघरमा ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

0 Shares

काठमाडौँ । नवरात्रको दोस्रो दिन आज दशैंघर वा पूजा कोठामा दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।

पहिलो दिन बिहीबार दशैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ।

सम्बन्धित समाचार