बेवारिसे अवस्थामा युवकको शव र मोटरसाइकल फेला

0 Shares

काठमाडौं । कुनौली–राजविराज सडक खण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित पुलमुनि एक बेवारिसे पुरुषको शव फेला परेको छ ।

जिल्लाको राजविराज नगरपालिका १६ बस्ने राजेशकुमार यादवलाई पुलमुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

पुलमुनि मधेस प्रदेश ३०६१ नंको मोटरसाइकलसहित उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सकिने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

कुन कारणले कसरी दुर्घटना भयो ? भन्ने कुरा अहिलेसम्म खुलेको छैन । तर, घटनाका बारेमा प्रहरीले अनुसन्धान थालिएको छ ।

पुलको तल शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएपछि परीक्षणका लागि शव राजविरजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार