पाँच वर्षीय बालकले लाइटर खेलाउँदा मृत्यु

0 Shares

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका ६ दाउन्नेमा आगलागीमा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ । आगलागीमा परी बालक शिशिर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय ऋषिराम थापा मगरको घरमा कोही नभएका बेला गोठमा निजका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो ।

निजको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

सम्बन्धित समाचार