विदेशबाट आएसँगै बुवा र श्रीमतीमाथि गोली प्रहार, एक जनाको मृत्यु

0 Shares

काठमाडौँ । सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । उनी विदेशबाट आएलगत्तै श्रीमतीसँग विवाद गरेका थिए र

बिहीबार राति १ बजे हरिपूर्वा नगरपालिका ५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमानले गोली हानी हत्या गरेका हुन् ।

वैदेशिक रोजगारीमा रहेका श्रीमान गएराति घर आएर श्रीमतीसँग विवाद गरेका थिए । यस क्रममा गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न युवकले विवादमा आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् ।

सम्बन्धित समाचार