0
Shares
काठमाडौँ । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा एक जनाले गोली हानेर श्रीमतीको हत्या गरेका छन् । घटनामा आफ्नै बुवा घाइते छन् ।
आज राति करिब २ बजेतिर गोली लागेर २३ वर्षीया चित्रलेखा यादवको घटना स्थलमै मृत्यु भएको हो । अर्का ५४ वर्षीय रामदिनेश राय घाइते भएका हुन् ।
प्रहरीका अनुसार उनलाई बायाँ हातमा गोली लागेको छ । घाइते रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।
बुवा र श्रीमतीलाई गोली हानेर फरार भएका व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी हरिपुर्वाले जनाएको छ । गोली हान्ने व्यक्तिको खोजीका लागि सीमा क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।