0
Shares
काठमाडौं ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)को अध्यक्ष अर्जुन गिरी निर्वाचित भएका छन् । गिरी दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका हुन् ।
अकोराबको वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, उपाध्यक्ष मधेसीमा नविन नरसिंह नेपाली, उपाध्यक्ष दलितमा गोपाल बराइली, महासचिवमा बन्दना दनुवार, सविचमा भक्त स्याङ्तान सर्वसम्मत निर्वाचित भएका छन् ।