नेपाल पत्रकार महासंघ निर्वाचन अनिश्चित

0 Shares

काठमाडौँ  । 
नेपाल पत्रकार महासंघको असोज १२ गते गर्ने भनिएको निर्वाचन अनिश्चित भएको छ । महासंघको सदस्यलाई लिएर आइतबार ३५ जिल्ला अध्यक्ष र सोमबार ५२ जिल्ला अध्यक्षले सच्याउन विज्ञप्ति जारी गरेर माग गरेपछि निर्वाचनको वातावरण धुमलिएको हो ।

त्यसैमा थप सोमबारै नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजवादी प्रेस संगठनले पूर्वाग्राहीढंगले सदस्य हटाउने र थप्ने कार्य भएकाले निर्वाचन प्रक्रिया रोक्न माग गरेको छ । सबै पत्रकारले मतदान गर्ने व्यवस्था गर्नुपर्ने भन्दै समाजवादी प्रेसले आग्रह गरेको छ ।

महासंघ निर्वाचन समितिले कार्यपालिका बमोजिम असोज ४ गते केन्द्रको मनोनयन र प्रदेशको असोज ८ गते र जिल्लाको १० गते मनोनयन दर्ता गर्ने घोषणा गरेको थियो । महासंघको सदस्यलाई लिएर केन्द्रीय कार्यालयमा केही पत्रकारले धर्ना दिएका छन् भने जिल्ला अध्यक्षले विज्ञप्ति जारी गरेर निर्वाचन रोक्न माग गरेका छन् । निर्वाचनको मिति नजिकिँदै जान थालेपछि एक पछि अर्को गर्दै अवरोध हुन थालेपछि निर्वाचन अनिश्चित हुन थालेको हो ।

यसरी जिल्ला अध्यक्षबाट महासंघ सदस्यलाई लिएर अवरोध गर्न खोज्नेहरू प्राय प्रेस युनियन, प्रेस चौतारी र समाजवादी प्रेस संगठनका बढी देखिएका छन् । प्रेस युनियन केन्द्रले सोमबार राती एक विज्ञप्ति जारी गरेर असोज १२ गते नै निर्वाचन गर्नुपर्ने माग गरेको छ । जिल्ला अध्यक्षलाई आन्दोलित गराएर प्रेस युनियनले निर्वाचन गर्न आग्रह गरे पनि एकपछि अर्को गर्दै महोल बिग्रँदै गएकाले निर्वाचन अनिश्चित हुन थालेको छ ।

समयमै निर्वाचन गराउने स्थिति नभएपछि अध्यक्ष विपुल पोखरेलले यसअघि राजीनामा दिइ सकेका छन् । अहिले कार्यवहाक अध्यक्ष रमेश विष्टले कार्यतालिका सार्वजनिक गरेर निर्वाचन गराउन खोजे पनि निर्वाचन गराउने वातावरण धुमलिँदै गएको छ ।

सम्बन्धित समाचार