कांग्रेस अध्ययन केन्द्र विभागमा १० सदस्य मनोनित, को-को परे ?

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन-स्रोत केन्द्र विभागका लागि १० जना सदस्य मनोनित भएका छन् ।

सभापति शेरबहादुर देउवाले आइतबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम उनीहरूलाई मनोनयन गरेका हुन् ।

मनोनित हुनेमा पूर्णलाल श्रेष्ठ, (काठमाडौं), पुष्पराज जोशी, (कैलाली), डा. राजेन्द्र श्रेष्ठ, (दोलखा), नृप साउँद, (अछाम), प्रकाश राय, (महोत्तरी), महेन्द्र लामा, (सिन्धुपाल्चोक) चयन भएका छन् ।

यस्तै, विपिन किरण, (सुनसरी), आयुष गौतम, (अर्घाखाँची), चन्दा क्षेत्री, (स्याङ्जा) र प्रविण ददेल, (रूकुम पश्चिम) रहेका छन् । विभाग प्रमुखमा केन्द्रीय सदस्य अजयवावु शिवाकोटी रहेका छन् ।

 

सम्बन्धित समाचार