सभापति देउवाको दाबी- कुनै पार्टीलाई सिद्धाउने नीति छैन

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पार्टीलाई सिद्धाउने नीति कांग्रेसको नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार कांग्रेस मुख्यालय सानेपामा कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाउँ/नगरपालिकालाई सम्मान गर्दै सभापति देउवाले मुलुकको आवश्यताअनुसार एमाले-कांग्रेस मिलेर सरकार बनाएको भन्दै अरु पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताएका हुन् ।

देशभरका आम पार्टीका नेताहरुको भावनाअनुसार एमालेसँग मिलेर सरकारमा गएको उनको भनाइ थियो । उनले दुई दलबीच भएको सहमतिअनुसार अहिले केपी ओली प्रधानमन्त्री भएको र दुई बर्षपछि ओलीले आफूलाई प्रधानमन्त्रीमा जाने बताए ।

उनले कांग्रेसलाई कमजोर बनाउने काम समेत भएकाले सचेत भएर अघि बढ्नु पर्नेमा जोड दिए । उनले आफ्नो उमेरका कारण रिटायर्मेन्ट लिने बेला भएको भन्दै पार्टीलाई अघि बढाउन युवा शक्ति एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिए ।

सम्बन्धित समाचार