ओली, देउवा र प्रचण्डबीच बालुवाटारमा छलफल

0 Shares

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा अ‍ोली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको हो ।

बालुवाटार स्रोतका अनुसार संवैधानिक परिषद्को विषयमा छलफल सुरु भएको हो । सत्ता पक्षले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेपछि शीर्ष नेताहरू छलफलमा बसेको हो ।

यसअघि सत्ता पक्षले उपसभामुख रानालाई हटाउने तयारी गरेसँगै माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कडा आलोचना गरेका थिए । प्रतिनिधिसभा बैठकमा नै रानालाई हटाउनेबारे छलफल चल्दै आएको छ ।

 

सम्बन्धित समाचार