0
Shares
काठमाडौँ । मन्त्री मण्डललाई पूर्णता दिएसँगै मन्त्रीहरूले एक वर्षसम्म गर्ने कामको कार्य योजना मागेका प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादन सम्झौता गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई सिंहदरबार बोलाएका कार्य सम्पादन सम्झौता गर्ने भएका हुन् । कार्य सम्पादन सम्झौता गर्न प्रधानमन्त्रीले मन्त्रीहरूलाई सिंहदरबार बोलाएका हुन् ।
यसका लागि दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सबै मन्त्रीलाई आफ्नो कार्यालय सिंहदरबारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सुशासन र स्थिरताका लागि भन्दै गत असार ३० गते कांग्रेस एमालेको सरकार बनेको दुई महिना पुग्न लागेको छ ।