0
Shares
काठमाडौँ
नेपाल प्रहरीले तोकेको निषेधित क्षेत्रमा अनसन बसेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई नियत्रणमा लिएको छ ।कार्कीलाई प्रदेश सभा अगाडि अनशन बसेकै स्थलबाट पक्राउ गरिएको हो ।
अहिले सुरक्षाकर्मी र केदार समर्थकबीच दोहोरो झडप भएको एक नेताले बताए । झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरुको संख्या यकिन नभएको प्रहरीले जनाएको छ । झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन् । घाइतेहरुको संख्या पनि यकिन छैन ।
पूर्व मुख्यमन्त्री कार्कीेले आफू नेतृत्वको सरकारले शुरु गरेका योजना काटेको भन्दै आमरण अनशनका लागि मंगलबार ४ बजेबाट बसेका थिए । प्रदेश सभा अगाडि बनस्खण्डी मन्दिर छेउमा अनशन बसेका कार्कीलाई प्रहरीले बल प्रयोग गरेर अनसन स्थलबाट हटाउन खोज्दा प्रहरीसङ दोहोरो झडप भएको हो ।