गगनले भने- धनराजमाथि छानविन हुनुपर्छ

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा जोडिएपछि कांग्रेस उपसभापति धनराज गुरुङमाथि छानविन गर्न माग गरेका छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रमपछि पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले कांग्रेसमा कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनु पर्ने नीति रहेको बताए । यस क्रममा उनले उपसभापति गुरुङका विषयमा निष्पक्ष छानबिन हुनु पर्ने उनको भनाइ थियो ।

गुरुङ आफैले सदनमा जस्तोसुकै छानबिनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाइ नगर्न नहुने उनको भनाइ थियो । उनले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिए छानबिन हुनु पर्ने बताउँदै दोषी देखिए कारबाही गर्नु पर्ने बताएका हुन् ।

यस्तै, थापाले सरकारलाई प्रभावकारी रुपमा अघि बढाउन साझा न्यूनतम कार्यक्रम ल्याउने तयारी भइरहको जानकारी दिए ।

सम्बन्धित समाचार