नागरिकले तिरेको कर सही सदुपयोग भएन, के आधारमा नागरिकले कर तिर्ने : प्रभु साह

0 Shares

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले नागरिकले तिरेको करको सही सदुपयोग हुन नसकेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘नेपाली जनताले विकासको लागि कर तिर्छ । तर, जनताले अहिले लुट र ब्रमलुट देखिरहेका छन्’ उनले भने ।

सरकारी उद्योग घाटामा वा बन्द हुने तर निजी उद्योग फस्टाउने गरेको बताए । नामै नसुनेका कर जनताले तिर्नुपर्दा समेत महंगी बढेको उनले बताए । कर प्रणालीमा सुधार गरे अर्थतन्त्रमा सुधार हुने उनको सुझाव छ ।

राज्यसँग आम्दानीको स्रोत रहेको तर, सरकारी उद्योग र संस्थानहरु नै घाटामा रहनु मिल्दो नरहेको बताए ।

सम्बन्धित समाचार