0
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम गोर्खा मिडिया हाल्नु गलत भएको स्वीकारेका छन् । पूर्व उपप्रधान तथा गृह मन्त्रीसमेत रहेका उनले त्यसमा आफू संलग्नता नभएको दाबी गर्न भ्याए ।
धनगढी पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘गोर्खा मिडिया लगायतका संस्थामा सहकारीको रकम गलत ढंगले स्थापित भएको कुरा हो ।’ यस्तै, उनले आफू गोर्खा मिडियामा भएकाले अरुले गरेको बद्मासीको जिम्मेवारी लिनु पर्छ भन्ने पक्षमा नभएको बताएका थिए ।
‘कसले बद्मासी गर्यो भनेर प्रहरी अनुसन्धानले देखाइसकेको छ, त्यसमा मेरो संलग्नता छ कि छैन भन्ने जुन विषय हो, मैले लाभ लिएको हुनुपर्यो,’ उनले भने । उनले संसदको छानविन समितिले समस्या समाधान केन्द्रित भएर प्रतिवेदन दिनेमा विश्वास व्यक्त गरे ।