जनतालाई भ्रम नफैलाउन एमालेका कार्यकतालाई बालेनको आग्रह

0 Shares

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जनतालाई भ्रम नफैलाउन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेकपा एमालेको एक टोलीले सोमबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर अदालतको आदेशबारे जानकारी दिँदै पत्र बुझाएको थियो ।

मेयर साहले सोही भेटलाई संकेत गर्दै सामाजिक सञ्जालमार्फत भ्रम छरेको बताउँदै सर्वोच्च अदालतको आदेशलाई महानगरको निर्णय भन्दै गलत व्याख्या गरिएको उल्लेख गरे ।

उनले सर्वोच्चको आदेशपछि महानगरले बागमती र विष्णुमती नदी वरिपरि ४० मिटर निर्माण निषेधित क्षेत्रबारे जानकारी गराइएको स्पष्ट पारे । टुकुचा खोलाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्रबारे पनि जानकारी गराइएको उनले बताएका छन् ।

‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो, सर्वोच्च अदालतको आदेश आएपछि हामी काठमाडौं महानगरले सो आदेशलाई सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ,’ उनले भने ।

यस्तै, उनले अदालतको आदेशअनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट नरोकेको जानकारी दिए ।

सम्बन्धित समाचार