नेपालमा भारतीय बस दुर्घटनापछि भारतमा नेपाली चढेको बस दुर्घटना

0 Shares

काठमाडौं । भारतीय राज्य विहारको देवघरमा नेपाली तीर्थयात्रा चढेको नेपाली बस दुर्घटना भएको छ । शनिबार गएको बस आइतबार बिहान ३ बजे दुर्घटना भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार राजमार्ग-२८ क्षेत्रमा दुर्घटनामा परेको हो । ४३ जना सवार बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । दुर्घटनाबाट घाइते नेपाली यात्रुहरू प्राथमिक उपचार सकेर फर्केका छन् । बसलाई शनिबार राति पछाडिबाट ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि शुक्रबार भारतबाट नेपालमा तीर्थयात्रा गर्न आएको बस दुर्घटना भएको थियो । भारतीय नम्बर प्लेटको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँ आबुखैरेनीको ऐना पहरामा दुर्घटना हुँदा २७ भारतीयको मृत्यु भएको थियो ।

घटनामा १६ जना घाइतेको काठमाडौंस्थि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना भएसँगै भारतकी युवा मामिला तथा खेलकुद राज्य मन्त्री रक्षा निखिल खड्से नेपाल आएर घाइतेसँग भेट गरेकी थिइन् ।

उनी साँझ सैनिक विमानमार्फत आफ्ना मृतक नागरिकको शव लिएर स्वदेश फिर्ता भएकी थिइन् । उनी शनिबार बिहान नेपाल आएर साँझ फर्किएकी हुन् ।

सम्बन्धित समाचार