ग्यास बुलेटले कारलाई ठक्कर दिँदा तीन जना घाइते

0 Shares

काठमाडौं । हेटौँडामा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । उनीहरूको हेटौँडास्थित सञ्चो अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार बिहान हेटौँडा उपमहानगर ९ मास्टर चोकस्थित पूर्वपश्चिम सडक खण्डमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको एनएल ओ १ एल २९७१ नम्बरको भारतीय एलपी ग्यास बुलेटले ग ३ च ८४४९ नम्बरको कारलाई ठक्कर दिएको हो ।

ग्यास बुलेटको ठक्करबाट घाइते हुनेमा कारका चालक स्याङ्जा जिल्लाको अरुणचौपाही नगरपालिका १ बस्ने ३३ वर्षीय चुडा बहादुर बिष्ट, कारमा सवार कास्कीको पोखरा महानगर ११ का ६३ वर्षीय पुरण श्रेष्ठ र लम्जुङको बेसीसहर नगरपालिका ८ की १७ वर्षीया नेहा राना मगर छन् ।

पोखराबाट नर्सिङ भर्नाको परीक्षा दिन वीरगञ्ज र जनकपुरका लागि हिँडेका उनीहरु दुर्घटनामा परी घाइते भएका हुन् । दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटनापछि फरार ग्यास बुलेटको चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार