कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

0 Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बस्दै छ । गत साउन २३ गतेदेखि शुरु भएको कांग्रेसको बैठक साउन २८ गतेसम्म बसेर स्थगित भएको थियो ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको छ । बैठकमा साउन २३ गते २०८० फागुन ७-१० गतेसम्म ललितपुरमा सम्पन्न महासमितिको बैठकबाट प्राप्त सुझाव दिएको छ ।

सोही आधारमा परिमार्जनसहित प्रस्ताव क्रमशः उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार