कुकर बम भनिएको शंकास्पद वस्तु निष्क्रिय

0 Shares

काठमाडौं । नेपाली सेनाको टोलीले काठमाडौंको चन्द्रागिरी १२ बलम्बुस्थित वडा कार्यालय नजिक फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारेको छ ।

स्थानीयबासीको घरमा शंकास्पद वस्तु फेला परेको जानकारी पाएसँगै प्रहरीले सेनाको बम डिस्पोजल टोलीसँग सहकार्य गरी निष्क्रिय बनाएको थियो ।

बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त कुकर रित्तो फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार