सरकार बनाउने खेल छोडेर जनतामा जान्छौँ : प्रचण्ड 

0 Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सरकार बनाउने ढलाउने खेल छोडेर जनतामा जाने बताएका छन् । बागमती प्रदेशको बैठकमा बुधबार अध्यक्ष प्रचण्डले जनतामा गएर पार्टी र संगठनलाई बलियो बनाउने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा काम गरेकाले हट्नु परेको उल्लेख गरेको नेता राजन दाहालले बताए । अहिलेको गठबन्धन विचौलियाएको साठगाठद्धार भनाएको हो । यो सरकारबाट जनताले आशा गर्ने ठाउँ छैन’ प्रचण्डको भनाई उल्लेख गर्दै नेता दाहालले भने, ‘अब सरकार बनाउने भन्दा जनतासँगको टुटेको सम्बन्ध राम्रो बनाउने छौँ । सरकार उनीहरूले चलाउँछन् ।’

अध्यक्ष प्रचण्डले स्थायी समिति र प्रदेश परामर्श समितिको बैठकपछि त्यहाँबाट आएका सुझावलाई केन्द्रीय समितिमा पेस गर्ने बताएका छन् ।
आगामी चुनावमा कुनै पार्टीसँग गठबन्धन नगर्ने गरी पार्टी र संगठन बनाउन प्रचण्डले निर्देशन दिएका छन् । पार्टीलाई आगामी चुनावमा २०६४ सालको अवस्थामा फर्काउने गरी उच्चमनोवलका साथ लाग्न उनले आग्रह गरेका हुन ।

सम्बन्धित समाचार