काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्ग ठप्प

0 Shares

काठमाडौं । काठमाडौं प्रवेश गर्ने नाका नागढुंगामा पहिरो गएको छ । आज बिहान ठूलो पहिरो खसेपछि राजमार्ग दुवैतर्फ अवरुद्ध भएको हो ।

नागढुंगामा ठूलो पहिरो खसेकाले राजमार्ग ठप्प उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पहिरो झर्ने क्रम जारी भएकाले पहिरो पन्छाउन समय लाग्ने भएको छ ।

राजमार्ग बन्द भएकाले यात्रुहरूले सास्ती पाएका छन् । राजमार्ग बन्द भएसँगै वैकल्पिक मार्गका रुपमा खानीखोला–नागढुङ्गा र सीतापाइला–धार्के सडक प्रयोग गरेका छन् ।

सम्बन्धित समाचार