माओवादी पदाधिकारी बैठक सकिएपछि बागमती प्रदेश बैठक जारी

0 Shares

काठमाडौँ
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएपछि बागमती प्रदेश समितिको बैठक भर्खरै सुरु भएको छ । पदाधिकारी बैठकले प्रदेश समितिमा पेस हुने एजेन्डाका विषयमा छलफल गरेको हो ।
बिहान ११ बजेदेखि सुरु भएको बैठक बेलुका ५ बजेसम्म चल्ने पार्टी कार्यालयका एक सदस्यले बताए । साथै पार्टी उपमहासचिव जनार्दन शर्माले पेस गरेको १२ पेज लामो सुझावका विषयमा समेत प्रदेश बैठकमा छलफल हुने भएको छ । पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बागमती प्रदेशका १३ जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, केन्द्रीय पदाधिकारी, प्रदेश पदाधिकारी सहित जन वर्गीय सङ्गठनबाट प्रतिनिधित्व गर्नेहरू सहभागी हुन पाउने भएका छन् ।
सापकोटाले विशेष प्रदेशको भदौ ५ र ६ गते र सम्पर्क समन्वय प्रदेशमा भदौ ७ र ८ गते बैठक बस्ने बताए । यस्तै गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते बैठक बस्नेछ । यसै गरी केन्द्रीय आयोगमा १८ गते, मधेस प्रदेशमा २२ र २३ गते, कोसी प्रदेशमा २४ र २५ गते, सल्लाहकार कम्युनिस्ट मञ्चमा २९ र ३० गते, जवस÷मोर्चाको २७ र २८ गते बैठक बस्ने भएको छ । सबै प्रदेशको बैठक सकिएपछि असोज पहिलो साता पूर्ण केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ ।

सम्बन्धित समाचार