पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

0 Shares

काठमाडौं । पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी मात्रै सञ्चालन भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान ६ः३५ बजे पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खसेको हो ।

पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताए । पानी रोकिएपछि पहिरो पन्छाइने निरीक्षक उनको भनाइ थियो ।

सम्बन्धित समाचार