माओवादीले भोलि देखि भदौ महिनाभर प्रदेशस्तरका बैठक गर्ने

0 Shares

काठमाडौं
नेकपा माओवादी केन्द्रले भोलि अर्थात बुधबारदेखि भदौ महिना भरी प्रदेशस्तरको बैठक गर्ने भएको छ । पार्टी स्थायी समिति बैठकको निर्णय बमोजिम प्रदेशतहका बैठक गर्न लागेको हो ।
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सुरुमा बागमती प्रदेशको बुधबार र बिहीबार बैठक गर्न लागेको जानकारी दिए । बागमती प्रदेशका १३ जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, केन्द्रीय पदाधिकारी, प्रदेश पदाधिकारी सहित जनवर्गीय संगठनबाट प्रतिनिधित्व गर्नेहरु सहभागी हुन पाउने भएका छन् । त्ययसपछि विशेष प्रदेशको भदौ ५ र ६ गते र सम्पर्क समन्वय प्रदेशमा भदौ ७ र ८ गते बैठक बस्ने सापकोटाले बताए ।
यस्तै गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते बैठक बस्नेछ । यसैगरी केन्द्रीय आयोगमा १८ गते, मधेस प्रदेशमा २२ र २३ गते, कोशी प्रदेशमा २४ र २५ गते, सल्लाहकार कम्युनिस्ट मञ्चमा २९ र ३० गते, जवस÷मोर्चाको २७ र २८ गते बैठक बस्ने भएको छ । सबै प्रदेशको बैठक सकिएपछि असोज पहिलो साता पूर्ण केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ ।

सम्बन्धित समाचार