प्रधानमन्त्रीको मृत्युको कामना गरी पूजा गर्ने धर्मगुरु खतिवडा रिहा

0 Shares

काठमाडौं । धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् । गत साउन १४ गते पक्राउ परेका उनी २५ हजार धरौटीमा रिहा भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको मृत्युको कामना गर्दै यज्ञ गरी पूजापाठ गरेपछि उनी पक्राउ परेका थिए ।

खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए ।

सम्बन्धित समाचार