0
Shares
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेस प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
भोलि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।