काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीविरुद्ध युवराज सफलले उजुरी दर्ता गरेका हुन् ।
सफलले पूर्वडीआईजी खरेलले ‘सुराकीवापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उजुरी दिएका हुन् ।
खरेलले विभिन्न जिल्लामा हुँदा श्रीमतीलाई नक्कली सुराकी खडा गरी २० लाख रुपैयाँ रकम कमिसन लिएको कुरा एउटा टेलिभिजनमा अन्तर्वाताको क्रममा बताएका थिए ।
वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहन स्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी बनाएकी थिइन् ।
गत उपनिर्वाचनमा उनी राष्टि«य स्वतन्त्र पार्टीको तर्फबाट बारा २ मा प्रतिनिधिसभाको उम्मेदवार बनेका थिए । निर्वाचनमा पराजित भएसँगै उनले पार्टीबाट राजीनामा दिएर पत्रकारिता पेशा गर्दै आएका थिए ।