पार्टीबाट सदस्यता खारेज हुने भएपछि मुकुलले मागे रविको राजीनामा

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेले राजीनामा दिनु पर्ने बताएका छन् ।

पार्टीको साधारण सदस्यबाट पनि तपाईंलाई किन निलम्बन नगर्ने ? भन्दै कार्यवाहक महामन्त्रीले मागेको स्पष्टीकरणको जवाफमा मुकुलले पार्टी सभापतिलाई सम्बोधन गर्दै राजीनामा दिन भनेका हुन् ।

‘मैले आजसम्म तपाईंलाई होस् वा अन्य कुनै पनि नेतालाई झुटो आरोप लगाएको छैन, ती सबै सत्यमा आधारित छन्, तपाईंले ममाथि स्पष्टीकरण सोध्नुअघि आफू नैतिक धरातलमा खडा भएको पुष्टि गर्न सक्नु पर्छ ?,’ उनले स्पष्टीकरणको जवाफ दिँदै भने ।

सभापति लामिछानेमाथि सहकारी प्रकरणदेखि दुई वटा पासपोर्टसम्मको प्रश्न भएको भन्दै उनले कुरा उठाएका छन् । नीतिगत काम मात्र गरिन्छ भन्दै गृहमन्त्री बन्दा सरुवा बढुवामा चलखेल गरेको आरोप लगाए ।

उनले यी सबै प्रश्नको जवाफ दिन र लागेका आरोपउपर निष्पक्ष स्वतन्त्र छानबिन समिति गठन गर्ने आँट गर्नु हुन्छ ? भन्दै चुनौती दिए ।

सम्बन्धित समाचार