0
Shares
काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठकलाई जवाफ दिएपछि बैठक सकिने भएको छ । गत शुक्रबारदेखि जारी बैठक आज(बिहीबार) प्रचण्डले नेताहरुले उठाएको प्रश्नको जवाफ दिएपछि बैठक सकिने भएको हो ।
पार्टी कोषाध्यक्ष श्रीराम ढकालले आज(बिहीबार) दिउँसो १ बजे अध्यक्षले नेताहरुको प्रश्नको जवाफ दिएपछि सकिने जानकारी दिए । ‘सबै नेताहरुले आफ्नो धारणा राखिसक्नु भयो । अब अध्यक्षले जवाफ दिनुहुने छ त्यसपछि बैठक सकिन्छ’ उनले भने । गत शुक्रबारदेखि सुरु भएको बैठक ६ दिनपछि सकिने भएको छ । स्थायी समिति बैठक सकिएपछि लगत्तै केन्द्रीय समिति बैठक बस्ने तयारी छ । बैठकमा समसामायिक राजनीतिक परिस्थिति, पार्टी र संगठन निर्माण, जनवर्गीय संगठनको सम्मेलन र विचार मिल्नेसंग एकता गर्ने एजेण्डा बनाएको थियो ।