पोर्चुगलमा शिविर सञ्चालन हुँदा सात करोड राजस्व संकलन

0 Shares

काठमाडौं । विद्युतीय राहदानी (इ-पासपोर्ट) बनाउन पोर्चुगलबाट तीन हजार ८२९ नेपालीको विवरणसहितको आवेदन संकलन गरिएको छ ।

राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा सञ्चालन गरेको राहदानीसम्बन्धी शिविरबाट सात करोड २० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

विभागका निर्देशक मोतिबहादुर श्रीसका अनुसार शिविरबाट राहदानी सेवासहित यात्रा अनुमति पत्र, मञ्जुरीनामालगायत कन्सुलरसम्बन्धी सेवा प्रदान गरिएको, थियो । पोर्चुगलमा नेपाली दूतावास नभकाले शिविर सञ्चालन गरिएको हो ।

सम्बन्धित समाचार