काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतितिनिधिसभा बैठकमा बोल्दै नेताहरूले आफूले आफूले बोल्ने भाषामा सुधार गर्नु पर्ने बताएका छन् ।
‘अहिले पनि नेताहरू बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ, माओवाद जनयुद्ध शब्द प्रयोग गरियो भने जातै जाला जस्तो गर्नुहुन्छ, जबकी संविधान सभाबाट माओवादी जनयुद्ध भनिएर लेखिएको छ, संविधान सभामा लेखिएको कुरा भन्न किन डराउनु हुन्छ ?,’ प्रचण्डले भने ।
यस्तै, उनले माओवादी जनयुद्ध नभएको भए संसारकै नयाँ मोडलको शान्ति प्रक्रिया पूरा नहुने बताए । ‘माओवादी जनयुद्ध नभएको भए यो संसारकै नयाँ मोडेलको शान्ति प्रक्रिया सम्भव भएको हो ?,’ उनले भने ।
यस्तै, प्रचण्डले देशमा भएको आन्दोलनमध्ये माओवादी जनयुद्धको विषयमा विशेष चर्चा गरेका थिए । उनले जनयुद्धको वैचारिक इमानले गर्दा शान्ति प्रक्रिया पूरा हुन पुगेको उल्लेख गरे ।
यस्तै, प्रचण्डले देशमा अहिलेको सरकारले सुशासनको काम रोकिन सक्ने आशंका व्यक्त गरेका थिए । यस क्रममा उनले दुई दलीय व्यवस्था गरेर देशमा कस्तो राजनीति व्यवस्था खोजेको भन्दै प्रश्न गरेका थिए ।