तनहुँमा दुई वटा बस पल्टिँदा १३ जना घाइते

0 Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका ३ मिलनचोकमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

राजमार्गमा गुडिरहेका मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो । सवारी दुर्घटनामा परी घाइते भएकाहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

उनका अनुसार करिब एक सय मिटरको दूरीमा दुई वटा बस दुर्घटनामा परेको हुन् । बिहानदेखि सिमसिमे पानी परिरहेकाले बस चिप्लिएर दुर्घटना भएका थिए ।

लमजुङबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ज ८२९४ नम्बरको विद्युतीय माइक्रो बस र दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा ४ ख ४४७० नम्बरको मिनीबस अनियन्त्रित भई सडकमा पल्टिएका थिए ।

सम्बन्धित समाचार