0
Shares
काठमाडौं । काठमाडौंको माइतिघरमा एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ । दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेका केटाले बिहे गर्न नमानेको भन्दै सहारा शाही राष्ट्रिय झण्डा राखेको पोलमा चढेकी थिइन् ।
जुम्ला घर भएकी शाही झण्डा राख्ने पोलबाट हाम्फाल्ने प्रयास गरेकी थिइन् । उनी केटाले बिहे गर्न नमानेको भन्दै पछिल्लो एक महिनादेखि धर्नामा बस्दै आएकी थिइन् ।
धर्नामा बसेकी शाही आज हाम फालेर मर्ने भन्दै माइतीघरस्थित पोलमा चढेकी हुन् । उनलाई तत्काल प्रहरीले उद्धार गरेको थियो ।
यसअघि सोही पोलमा आफूलाई पूर्वश्रीमानले बलात्कार गरेको मुद्दामा क्षतिपूर्ति नपाएको भन्दै आरती रावल गिरी चढेकी थिइन् । पोलमा चढेर आत्महत्याको प्रयास गरेकी उनलाई पनि प्रहरीले उद्धार गरेको थियो ।