अस्पतालको छतबाट हाम फालेका स्वरुपराज आचार्यको मृत्यु

0 Shares

काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट छतबाट हाम फालेका युवकको मृत्यु भएको छ ।

शनिबार मनमोहन अस्पताल पुगेका गोकर्णेश्वर नगरपालिका ४ बस्ने २१ वर्षीय स्वरुपराज आचार्य रहेका मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो करिब ३ बजे आचार्य त्रिवि शिक्षण अस्पतालमा रहेको सेन्टरको भवनबाट हाम फालेका थिए ।

भवनको छैटौँ तलामा रहेको एस क्याफेको छतको रेलिङ हामफाली उनी घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि उक्त हस्पिटलको इमर्जेन्सीमा लगिएको थियो ।

उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार