रेकर्ड विन्दुमा पुगेको सुनको मूल्यमा गिरावट, अन्तिम कारोबार मूल्य कति ?

0 Shares

काठमाडौं । नेपाली बजारमा पछिल्लो साता सुनको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुन चाँदी व्यवसायीका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य एक हजार ८०० रुपैयाँले गिरावट भएको हो ।

अघिल्लो साताको शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । जसअनुसार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यो साताको शुक्रबार छापावाला सुनको मूल्यमा सामान्य गिरावट हुँदै प्रतितोला एक लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, अन्तिम साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार हजार ७३० रुपैयाँमा कारोबार भएको थियो । गत साताको शुक्रबार चाँदीको मूल्य एक हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो । एक सातामा चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले गिरावट भएको हो ।

सम्बन्धित समाचार