डेंगीबाट शिक्षिकाको मृत्यु

0 Shares

काठमाडौं । झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट शिक्षिकाको निधन भएको छ ।

हल्दीबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बीएन्डसी अस्पताल बिर्तामोडमा निधन भएको हो ।

ज्वरो आएर उपचारका लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल पुगेकोमा त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बीएन्डसी अस्पताल लगिएको थियो । उनको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो ।

सम्बन्धित समाचार