माओवादीले भन्यो कुलमानमाथि अश्वभाविक लाञ्छना लगाउने काम भयो

0 Shares

काठमाडौँ
नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अश्वभाविक, अप्राकृतिकढंगले लाञ्छना लगाउने काम भएको टिप्पणी गरेको छ । पार्टी स्थायी समिति बैठक सकिएपछि शुक्रबार सञ्चारर्मीसंग प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले केपी शर्मा ओली नेतृत्वको सरकारले घिसिङलाई अनावश्यक रूपमा दुःख दिनेर सताउने काम गरेको भन्दै पार्टीको ध्यानाकर्षण भएको बताए ।
पार्टी अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरुद्ध सुशासनको पक्षमा सरकारलाई अवरोध नगर्न आग्रह गरेको सापकोटाले उल्लेख गरे । ‘सरकारले सुशासनको पक्ष अगाडि बढाउने भन्दा अवरोध गर्ने कार्य ग¥यो । बङ्गलादेशको घटना संसारभर र नेपालमा पनि त्यसको प्रभाव पर्ने देखिन्छ । वास्तवमा यसबाट शिक्षा लिनुपर्छ । जनता दैनन्दिन कुरा सुनेर अघि बढ्नु पर्छ ।’ प्रचण्डले भने ।

सम्बन्धित समाचार