आज कोशी प्रदेशमा सार्वजनिक बिदा

0 Shares

काठमाडौं । कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा सार्वजनिक बिदा दिएको हो ।

कोशी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको बताए ।

सम्बन्धित समाचार