0
Shares
काठमाडौं । काठमाडौंबाट बैतडी जान उडेको अन्नपूर्ण एयरको नाइन एन एनयु हेलिकप्टर बाँकेको राप्तीसोनारी गाउँपालिका १ भम्कामा आकस्मिक अवतरण भएको छ ।
नेपालगञ्जमा तेल भरेर बैतडी जान काठमाडौंबाट उडेको हेलिकोप्टर नेपालगञ्ज नपुग्दै मौसम खराब भएको कारण अपराह्न करिब ५ बजे राप्ती सोनारी भम्कामा खेतमा आकस्मिक अवतरण गरेको हो ।
हेलिकप्टरमा सवार भारतीय नागरिक र पाइलटसहित हेलिकप्टर पनि सुरक्षित रहेको छ । हेलिकप्टरलाई राप्तीसोनारीकै कुसुमस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा राखिएको छ । मौसम सफा भएपछि हेलिकप्टरलाई गन्तव्यतर्फ जाने छ ।