त्रिभुवन विमानस्थल नजिकै एक होटलमा आगलागी, थप विवरण आउन बाँकी

0 Shares

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकको एक होटलमा आगलागी भएको छ । सिनामंगल–तिलगंगा सडक खण्डअन्तर्गत विमानस्थलको तत्लो गेटनजिकै रहेको सिटी होटेलमा आगलागी भएको हो ।

आगलागी भएपछि काठमाडौं महानगर र विमानस्थलको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । आगलागीका कारण माथिल्लो तल्लामा रहेको गोदामका सामान जलेर नष्ट भएको छ ।

होटल सञ्चालक भरत लामिछानले विद्युत सर्ट भई आगलागी भएको बताउँदै लाखौँको धनमाल जलेर नष्ट भएको जानकारी दिए । आगलागीको क्षतिबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार