0
Shares
काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीयतह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
बिहीबार राती मृत्युका भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको शुत्रबार विज्ञप्तिमा उल्लेख छ ।
फोरमका अध्यक्ष चिरीबाबु महर्जनले मेयर नकर्मीको निधनको खबरले काठमाडौं उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख गरेका छन् । र्कीतिपुर नगरपालिका मेयर लामो समय मृगौला रोगबाट पीडित थिए ।
अचानक स्वास्थ्यमा समस्या भएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको । उपचारकैै क्रममा उनको बिहीबार राती निधन भएको थियो ।
