राष्ट्र बैंकले आज मौद्रिक सार्वजनिक गर्दै

0 Shares

काठमाडौं

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । ।राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न आज विहान सञ्चालक समितिको बैठक बोलाएको राट्र बैंक स्रोतले जनाएको छ । सबै तयारी भएमा शुक्रबार राष्ट्र बैंकमा गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति ल्याउने छन् ।
अघिल्लो शुक्रबार नै आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीति सार्वजनिक गर्न लागेपनि सरकार परिवर्तनका कारण एक हप्ता ढिलो भएको हो ।

गत साता नै नेपाल राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक बसेर मौद्रिक नीतिको छलफल गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाकार युवराज खतिवडा बनेपछि प्रधानमन्त्री र खतिवडाले गभर्नरसँग मौद्रिक नीतिको ब्रिफिङ लिएका थिए । ब्रिफिङपछि केही कुरा थप गर्नु पर्ने भन्दै मौद्रिक नीति १ हप्ता पछाडि धकेलिएको हो ।

सम्बन्धित समाचार