विश्वासको मत माग्न पुगेका बागमतीका मुख्यमन्त्रीले दिए राजीनामा

0 Shares

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा पेश गरेका छन् । आइतबार प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा पेश गरेका हुन् ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालन भएलगत्तै मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको प्रस्तावको पक्षमा बोल्ने समय दिएका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिने बताएपछि प्रदेशसभाका सभामुख पाठकले अर्को सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरेका छन् ।

सम्बन्धित समाचार